सिपिएन यूएमएल ? नो नो एमाले ।

on Tuesday, October 29, 2013

चुनावी गर्मि चढीरहेको यो बेलामा मेरो कम्प्युटरको भित्ता दलका कार्यकर्ताले भरिरहेका छन्, फेसबुकका माध्यमबाट । धुप्रै एमालेका कार्यकर्ताले अग्रेजीमा लेख्दा पनि एमाले लेखिरहेका छन् । माओवादीका कार्यकर्ताले पनि माओइस्ट नलेखेर माओवादी लेखिरहेका छन् । यसरी लेख्नेमा उम्मेद्वार पनि छन् ।
अहिले फेसबुकका भित्तामा राजनैतिक दलका कार्यकर्ताले यसरी लेखेको देख्दा मलाई ०६२ सालको जनआन्दोलनको समय याद आयो । ०६२ सालमा मैले सरस्वती कलेजमा स्नातकमा भर्ना गरेकी थिएँ कमर्समा । अनेरास्ववीयुको सामान्य कार्यकर्ता थिएँ ।

जिन्दगीमा कुनै पनि बेला अङ्ग्रेजीमा बोल्न परेको थिएन त्यो बेला सम्म । अचानक विदेशी मानिस साथी भएको थियो । अन्तराष्ट्रिय समाचार सस्थाको फोटोग्राफर ।

यो वर्षको मेरो पढाई

on Wednesday, October 9, 2013

दशैँको मुखैमा आए पछि फेसबुकका साथीहरुले यो वर्ष दशैँ विदामा पढ्नै पर्ने किताबको सल्लाह निःसुल्क  बताउन थाले । मलाई पनि यो वर्ष मैले कति किताब पढँे होला ? कुन कुन किताबहरुको सम्झना होला ? कतिको नाम पनि भुलेँ होला भन्ने लाग्यो  ।

स्वस्थानी कथा विभेदको सुरुवाती कथा

on Monday, August 5, 2013
यति बेला हिन्दुहरुको एकमहिना लामो स्वस्थानी वर्तकथा टोलटोलमा वाचन सुरु भएको छ । अस्ति भर्खर काभ्रेमा एक सामाजिक अभियन्तालाई बोक्सीको नाममा पासविक हत्या गरियो | दिनदिनै कतै कतैबाट समाजमा महिला हिंसाका घटना दिन दिनै संचार माध्यममा आएका छन् । अनि घरघरमा देवीको पुजा गरिँदै छ । 

तिमीले रोजेको बाटो

on Sunday, August 4, 2013

झोला बोकेर हिड्यौ
फर्क कसरी भन्नु
जाउँ तिमीले रोजेको बाटो

बतासले हल्लाउने छ,
टाउकाको कपाल
कुर्ताको सल
र मन भित्रको मुटु एकै पटक
अनेक कसम खाएकाहरु,
थकाई मार्नेछन् तल कतै विसौनामा

आधा खुसीहरु

on Wednesday, July 31, 2013

बा !
बोलाई रहेकी छे छोरी
बिचमा नबोल !
हकारि रहेका छन् बा

साझको खानासँगै
चलिरहेका छन् कुरा
अमेरिकाकी हिलारी क्लिन्टनको चुनावी दौडाहाका
मारिन नहुने बेन्जिर भुट्टोका
बाबुको हत्यारा भेट्ने प्रियंका गान्धीका
र पाँच कक्षा पढेकी सभासद दुर्गा विकका
मान्ने पर्छ तिनीहरुलाई
बाको तर्क छ
साँच्चै !
सहमत छन् काकाहरु ।

फुल, पत्थर र मन

on Tuesday, July 30, 2013

मान्छे सम्झेर किन चढाउँछौ
पत्थरलाई फुल ?
तिमीले फुल चढाउँदैमा मान्छे बन्दीन उ
जो तिमीलाई पत्थर लाग्छे

कहिँ पुग्नुछ उसलाई
लिएर के गर्नु रातो गुलाफ
सुनेर के गर्नु तिम्रा सपना
देखेर के गर्नु प्रेमको आशु
अनि लागेर के गर्नु
तिम्रो माया ?

हिँडेकी छु बाटो पनि छोडेर एक पटक

on Saturday, July 27, 2013

हिँडेकी छु बाटो पनि छोडेर एक पटक
आफन्तको विश्वासलाई तोडेर एक पटक

आफ्नो बाटो आफैलाई थाहा छ तर
लहै लहैमा पाईला मोडेर एक पटक

जिन्दगीमा हार्दिन म

on Friday, July 26, 2013


जिन्दगीमा हार्दिन म खेल हारे पनि
डाको पनि छोड्दिन आशु झारे पनि

त्यहाँ जस्तै यहा पनि पिडा नै छ भित्र
भाग्य सर्ने हैन कतै बसाई सारे पनि

हासे कै छु खुसी नै छु दुनियाको अघि
मुटु भित्र बेदनाका किला गाडे पनि

खुल्ला बाटो हुँदा हुँदै


खुल्ला बाटो हुँदा हुँदै काडा घारी जान्न बाबा
तयार पनि छैन म  त सबै कुरा मान्न बाबा

साच्चै भन्नै पर्छ भने पशु हैन छोरी पनि
कसैले नसकेर फालेको नि खान्न बाबा

फुललाई केको बास्ना के को रङ चाहिन्छ र
रहर छैन बजारका सस्ता माल छान्न बाबा

विकृतिका पाहाडहरु ढलाउन चाहन्छु म

on Wednesday, July 24, 2013

विकृतिका पाहाडहरु ढलाउन चाहन्छु म
तिम्रो झुटो प्रेम पत्र जलाउन चाहन्छु म

प्रेमसँग वास्ना हुन्न भन्ने बुझ्छु म
सहवास माथी मुद्धा चलाउन चाहन्छु म

आउँदै गर्दा रात परे नडराउनु तिमी


आउँदै गर्दा रात परे नडराउनु तिमी
संघर्षमा साथी मरे नडराउनु तिमी
अलिकति जिम्मेवारी बढेको छ मेरो
नआउन सक्छु भरे नडराउनु तिमी
प्रकृतिमा फुल्ने फूल बतासले झार्दैन
ओइलाई त्यसै झरे नडराउनु तिमी
अलि बढी नचाहिँदो हल्ला हुन्छ त्यता
म ढलेको हल्ला गरे नडराउनु तिमी
संसारमा सबै आफ्ना बनाउन सकिँदैन
क्वै पापीले भ्रम छरे नडराउनु तिमी

सुत्केरी विदा बहस नभएको मुद्धा

on Tuesday, July 23, 2013


दुई दिन अगाडीको कुरा हो, ससस्त्र प्रहरी अस्पताल सतुंगलको गेटमा एक महिला कर्मचारी डिउटीमा थिईन् । उनको अनुहार मलिनो थियो । चिनजानकी भएको कारण मैले सन्चो छैन कि भनेर सोधेँ । उनले भनिन् ‘मलाई त सन्चै छ, हेर्नोस् न बाबु(उनको चार महिनाको छोरो)लाई सन्चै छैन ।’

उनको छोरो तिन दिन देखी ज्वोरो आएर सिकिस्तै थियो । मैले थप कुरा गर्न सकिन उनको कुराले मलाई पनि मनै अमिलो भएर आयो । हाम्रो घर भन्दा अगाडी उनको डेरा छ । म उनको डेरा छेउमा नै पुग्दा उनको बच्चा कहालिई कहालिई रोएको थियो ।

उनका श्रिमान बच्चालाई सके सम्म फकाउने कोशिसमा थिए । तर आमा खोजेर रोएको बच्चा आमा नआई मान्ने वाला थिएन । मलाई धुरुक्क रुन मन लाग्यो । मलाई बच्चा प्रति होईन देशको नियम कानुन र समाजको रिति रिवाज प्रति रुन मन लागेर आयो ।

मेटिएको तस्विर


थाहा छैन किन
धमिलो धमिलो हुँदैछ
मेरो हृदयमा बसेको
तिम्रो तस्विर

जब हरेक पल
छटपटाउँथे म तिम्रो यादमा
त्यो बेला लाग्थ्यो
अल्जाईमर होस् मलाई
र, विर्सन सकुँ तिमी
तिम्रो साथ
तिम्रो माया
र तिमीसँग जोडिएका सबै कुरा

तर, आज सम्झन खोज्दा पनि
आउँदैन तिम्रो याद
तिम्रो अनुहारको झलक

मलाई माफ पनि नगरे हुन्छ तिमीले 
मेरा हरेक कसमहरु झुटा भएका छन् आज
किनकि म भुल्दै गएकी छु तिमीलाई
अरुले सम्झाउँदा पनि सम्झन सक्दिन तिमीलाई
कतिनै कोशिष गर्दा पनि
धुमिल धुमिल छ तिम्रो याद
मलाई थाहा नै भएन
तिमी टाढिए पछि मबाट
कसरी मेटिँदै गयो 
मेरो हृदयमा रहेको तिम्रो तस्विर

वाह, भट्टचन सर !

on Wednesday, July 17, 2013
त्रिभुवन विश्वविद्यालय क्याम्पस जान भन्दा पाँचौँ वर्ष पहिले देखि मैले कृष्ण भट्टचनको विषयमा धरै नै नराम्रा कुरा सुनिसकेकी थिएँ । मेरा अग्रज विद्यार्थी साथीहरु उनको विषयमा खुब कुरा गर्थे, एउटा उग्रजातीवादी व्यक्तिको रुपमा । त्यति बेला देखी नै मैले कृष्ण भट्टचनको नाम सुन्नासाथ अनुहार टेढो बनाउँथे । असोजको तेस्रो आईतवार त्रिवि समाजशास्त्र विभाग भर्ना भए पछि पहिलो दिनको कक्षामा नै मैले भट्टचनको कक्षा नलिने निर्णय मेरा साथीहरुलाई सुनाएकी थिएँ । हाम्रो पढ्ने रुटिन निस्केको थिएन । प्रोफेसरहरु आफ्नो आफ्नो विषयको परिचय गराईरहनु भएको थियो । 

बिहीवारको पहिलो कक्षामा एउटा सामान्य भन्दा होचो, उमेर भन्दा दुब्लो र राम्रो भन्न नालायक कालो वर्णको प्रोफेर कक्षामा छिरेको थिए । कक्षामा उनको पहिलो वाक्य थियो, नयाँ जोगी जोगीनीलाई सोसोलोजीमा स्वागत छ । आफ्नो परिचय नदिई सुरु गरेको दुई घण्टाको कक्षामा तिनले पहिलो घण्टाभरि आफुले किन जोगीजोगीनी र सोसोलोजी भनेको भन्ने विषयमा विस्तृत रुपमा बताए । 

किन भएन स्ववियु निर्वाचन ?

त्रिभुवन विश्वविद्य विद्यार्थी युनियनको चुनाव रोकिएका कारण विद्यार्थी संगठनका नेताहरुको तनाव
सकिएको छैन । अर्को तर्फ उनीहरुले नेतृत्व गरेको दावी गरेका लाखौ विद्यार्थीको एसएलसी परिक्षाफल प्रकाशित भएको छ । जसमा लाखौको संख्यामा आधा भन्दा बढी विद्यार्थीलाई नालायक घोषणा गर्ने रिजल्ट भएको छ । हाम्रो देशको सामाजिक परिवेशलाई ध्यानमा राखेर न स्ववियु निर्वाचन माथि कुनै विद्यार्थी नेताले  बहस गरेका छन् न त किन हरेक वर्ष आधाभन्दा बढी विधार्थी एस एल सी परिक्षामा फेल हुन्छन् भनेर सार्वजानिक बहस चलाएका छन् । संचार माध्यममा सोधेको प्रश्न भन्दा पर गएर कुनै विद्यार्थी नेताले यसलाई उठाउनु पर्ने, बहस गर्नु पर्ने र परिमार्जन गर्नु पर्ने विषय बनाएनन् ।

स्ववियुको निर्वाचन नहुनुको कारण देखाउन विद्यार्थी नेताहरु त्यसरी नै प्रस्तुत भए जसरी संविद्यान सभा विघटन हुनुमा ती संगठनका माउपार्टीहरु प्रस्तुत भएका थिए । एक संगठनले आफुलाई चोखो बनाउनका लागि अर्को संगठनको विरोध गर्ने, फेरि अर्कोले अर्कोलाई गाली गर्ने चक्र चलिरहेको छ । यो चक्र स्ववियु निर्वाचन रोकिए पछि मात्रै सुरु भएको हैन । स्ववियु निर्वाचन हुने भनिए पछि हरेक क्याम्पसका चौरमा गरिएको चर्को हो हल्लाको पछिल्लो रुप मात्रै हो ।