हिँडेकी छु बाटो पनि छोडेर एक पटक

on Saturday, July 27, 2013

हिँडेकी छु बाटो पनि छोडेर एक पटक
आफन्तको विश्वासलाई तोडेर एक पटक

आफ्नो बाटो आफैलाई थाहा छ तर
लहै लहैमा पाईला मोडेर एक पटक


तिमीले जति कुरा थाहा पाउछु म पनि
रहरैमा बिषबोट गोडेर एक पटक

तिमी जस्तै नजिकका थिए अरु पनि
सबैको मुटुलाई फोडेर एक पटक

तिमी रोयौ, उ रोएछ, अरु पनि रोए
एउटासँग मैले नाता जोडेर एक पटक

1 comments:

Unknown said...

Waw Gazal, Congratulations Narayani G.

Post a Comment