आउँदै गर्दा रात परे नडराउनु तिमी

on Wednesday, July 24, 2013

आउँदै गर्दा रात परे नडराउनु तिमी
संघर्षमा साथी मरे नडराउनु तिमी
अलिकति जिम्मेवारी बढेको छ मेरो
नआउन सक्छु भरे नडराउनु तिमी
प्रकृतिमा फुल्ने फूल बतासले झार्दैन
ओइलाई त्यसै झरे नडराउनु तिमी
अलि बढी नचाहिँदो हल्ला हुन्छ त्यता
म ढलेको हल्ला गरे नडराउनु तिमी
संसारमा सबै आफ्ना बनाउन सकिँदैन
क्वै पापीले भ्रम छरे नडराउनु तिमी

0 comments:

Post a Comment