खुल्ला बाटो हुँदा हुँदै

on Friday, July 26, 2013

खुल्ला बाटो हुँदा हुँदै काडा घारी जान्न बाबा
तयार पनि छैन म  त सबै कुरा मान्न बाबा

साच्चै भन्नै पर्छ भने पशु हैन छोरी पनि
कसैले नसकेर फालेको नि खान्न बाबा

फुललाई केको बास्ना के को रङ चाहिन्छ र
रहर छैन बजारका सस्ता माल छान्न बाबा


हेर्नु होस्न साडी लगाउने ढंग पनि मेरो
कसो गरि सकिन्छ र अरुको घर धान्न बाबा

देवता हो नारीको त पति भन्छ समाजले
जस्को लागि बाच्छन् उहि थाल्छ हान्न बाबा

0 comments:

Post a Comment