आधा खुसीहरु

on Wednesday, July 31, 2013

बा !
बोलाई रहेकी छे छोरी
बिचमा नबोल !
हकारि रहेका छन् बा

साझको खानासँगै
चलिरहेका छन् कुरा
अमेरिकाकी हिलारी क्लिन्टनको चुनावी दौडाहाका
मारिन नहुने बेन्जिर भुट्टोका
बाबुको हत्यारा भेट्ने प्रियंका गान्धीका
र पाँच कक्षा पढेकी सभासद दुर्गा विकका
मान्ने पर्छ तिनीहरुलाई
बाको तर्क छ
साँच्चै !
सहमत छन् काकाहरु ।


बा !
भाईको हातको सग्लो
र आफ्नो हातको आधा स्याउ
पालै पालो हेर्दै बोलाई रहेकी छे छोरी
बिचमा नबोल !
आखा तर्दैछन् बा

कटकट दाँत किट्दै
टाउको निउराउँछे उ
र झार्छे आशुँ
जसरी झार्ने गरेकी छे
हरेक दिन भाई बोर्डिङ् जाँदा
आफ्नो विद्यालय सम्झेर
भाईले गृहकार्य गर्दा
भाँडामाझ्दै
भाई खेल्न जाँदा
भात पकाउँदै

केहि दिन दखी
आधा खुसीहरु
बा !
बोलाई रहेकी छे छोरी
बिचमा नबोल !
हकारि रहेका छन् बा

साझको खानासँगै
चलिरहेका छन् कुरा
अमेरिकाकी हिलारी क्लिन्टनको चुनावी दौडाहाका
मारिन नहुने बेन्जिर भुट्टोका
बाबुको हत्यारा भेट्ने प्रियंका गान्धीका
र पाँच कक्षा पढेकी सभासद दुर्गा विकका
मान्ने पर्छ तिनीहरुलाई
बाको तर्क छ
साँच्चै !
सहमत छन् काकाहरु ।

बा !
भाईको हातको सग्लो
र आफ्नो हातको आधा स्याउ
पालै पालो हेर्दै बोलाई रहेकी छे छोरी
बिचमा नबोल !
आखा तर्दैछन् बा

कटकट दाँत किट्दै
टाउको निउराउँछे उ
र झार्छे आशुँ
जसरी झार्ने गरेकी छे
हरेक दिन भाई बोर्डिङ् जाँदा
आफ्नो विद्यालय सम्झेर
भाईले गृहकार्य गर्दा
भाँडामाझ्दै
भाई खेल्न जाँदा
भात पकाउँदै

केहि दिन देखी
सोध्न मन छ उसलाई
बा !
के ति सबैले
मेरै झैँ
हरेक दिन भाईको भन्दा
आधा पाएकाछन् सबै कुरा ?

1 comments:

Post a Comment