नारीवादी ज्ञान शास्त्र भन्छ, 'मानव समाजको
अहिले सम्मको इतिहास हिज स्टोरी हो अर्थात् पुरुषहरुको कथाको संग्रह हो | किन कि इतिहासका
हरेक पाना पुरुषका दुख्ख, संघर्ष र विजयका कथाले भरिएका छन् | कतै महिलाका छन् भने
अपवाद छन् |' राजनीतिक इतिहासको मात्र कुरा होईन, हरेक क्षेत्रका इतिहास हिस
स्टोरी नै रहेका छन् | सामान्य ज्ञानमा एउटा शिर्षक नै छ, 'फादर हरु' | उक्त
शिर्षकमा हरेक क्षेत्रका फादरहरुका नाम छन् | तर, समाजको कुनै त्यस्तो क्षेत्र छैन
जहाँ कुनै मदरको नाम होस् | साहित्यको कविता विधामा आदिकवी, महाकवि, आँसुकवि,
राष्ट्रकवि सबै पुरुष भेटिन्छन | समाजको नेतृत्व गर्ने क्षेत्रहरुमा सेनापति,
राष्ट्रपति, कुलपति, सभापति सबैमा पतिहरु मात्रै छन् | अहिले सम्मको मानव इतिहासमा
आमाहरुको भाग नै छैन | संसारभरका मदर, महिला वा पत्नीको नाम गुमनाम छ ? त्यहि
गुमनामीसँग हजारौं वर्षको मानव सभ्यतामा अहिले छोरी हरुलाई आमाको गर्भमा नै मार्न
थालिएको छ | छोरी किन जन्माउने ? किन उसको राम्रो स्याहार गर्ने ? किन पढाउने ?
किन महिलालाई साजनीतिक सामाजिक क्षेत्रमा अगाडी बढाउने ? भनेर अनेक प्रश्न स्थापित
छन् हाम्रो समाजमा |
द नेवार: नेवारी समाजको ऐना
पहिलो संबिधान सभाको
निर्वाचन अगाडी पछाडी काठमाडौंमा नेकपा(एमाओवादी)ले नेवा राज्य परिषद गठन गरेको
थियो | एकल जातीय पहिचानको पक्ष बिपक्षामा चर्का कुरा उठिरहेका थिए | यस्तैमा
हास्य कलाकार हरिबंश आचार्यले कुनै कार्यक्रममा भने रे (रेको कुरा, भनेकै हो भन्ने
पनि पक्का थाहा छैन), 'काठमाडौंका आदिवादी माछा र भ्यागुता हुन्' एकल जातीय
पहिचानका कुरा आउँदा ७ ८ वर्ष अगाडी मेरा साथीहरु हरिवंश आचार्यले भनेको भनिने
त्यहि लाईन दोर्याउथे |
एसएलसीमा फेल हुँदैमा आकास खस्दैन
दुई महिना जति भयो
होला नेपालको पश्चिम पहाडमा एकै हप्तामा दुई छुट्टा छुट्टै विधालयका चार चार जना
बहिनिहरुले निमाविको परिक्षामा फेल भएको कारण सामुहिक रुपमा आत्मा हत्या गरेको |
हरेक वर्ष एसएलसीको रिजल्टपछि केहि समाचार आउँछन् 'एसएलसी परिक्षामा फेल भएका कारण
छात्राले आत्मा हत्या गरिन' भन्ने खालका | मेरो कामना छ यो वर्ष त्यस्तो कुनै घटना
न होस् |
श्रमिक परनिर्भर हुदैनन्
हामी किशोर-किशोरी
हुँदा नेपालमा माओवादीको कथित जनयुद्ध चलिरहेको थियो | जन युद्धका धेरै कुरा
नजान्ने र केहि जानेका कुरामा पनि थोरै मन पर्ने मध्ये, सेतो चुना-कमेरो पोतेका
घरमा लेखेको एक लाईन थियो, 'हार्नको लागि हत्कडी छ, जित्नको लागि संसार
छ |'
भूकम्पको वर्गीय प्रभाव !
(आफैंले लेखेका कैयौं कुराको आफैंलाई अत्तो पत्तो हुँदैन | गत वर्ष भूकम्प गए पछि लेखेको यो लेख अनलाईन खबरमा छापिएको थियो | ब्लगमा संकलित हुने हुनाले यहाँ पोष्ट गरेकी छु | मलाई लेख्नको लागि झक्झकाउने अरुण बराललाई धेरै धन्यवाद !)
काठमाडौमा भूकम्प
आएको पन्द्र दिन पछि पनि सामाजिक संजालका प्रयोग कर्ताहरु भूकम्पलाई 'वाह क्या
साम्यवादी ! कुनै धनि-गरिब, जति, भाषा, धर्म, लिङ्गको विभेद नगरी आउने | सबैलाई
समान रुपमा प्रभाव पर्ने' भनेर प्रकृतिको अनुपम समानताको ब्याख्या गरेका थिए |
धेरैले क्या गज्जब करोड पति र रोडपतिलाई भूकम्पले एकसाथ उस्तै पालामुनिका बासिन्दा
बनायो जस्ता भनाइ जताततै देख्न सुन्न पाईएको थियो |
बौरिँदै बारपाक
ट्रेकिंग, गाउँघर,
गुरुङ समाज र संस्कृतिमा चासो हुनेलाई मात्र सम्झनामा रहने गोरखाको बारपाक गाउँ
बैसाख १२ गतेको भूकम्प पछि एकाएक चर्चामा आयो | बैसाख १२ गतेको भूकम्प र बारपाक
गाउँ सँगै आउने शब्द बने | भूकम्पमा केन्द्रित भएर एम एको थेसिस लेख्ने योजना बने पछि
बारपाक गाउँ मेरो पहिलो रोजाई भयो | पढेको र सुनेको भरमा बारपाक गुरुङ संस्कृति र
बस्तीको नमुना गाउँ र बैसाख १२ गतेको भूकम्पको केन्द्र बिन्दु भन्ने बाहेक धेरै
कुरामा ज्ञान थिएन | काठमाडौंबाट गोरखाको लागि हिंड्नु भन्दा अगाडी मैले गुम्दा
गाबिसका सचिव मेरा साथी हरि भुजेललाई भेट्न गएकी थिएँ | बारपाक जाने भन्ने
बित्तिकै हरिको पहिलो प्रतिक्रिया थियो, 'त्यहाँबाट कसरी डाटा ल्याने भन्नेमा समस्या
हुन सक्छ | बैसाख १२ गतेको भूकम्प पछि अनुसन्धानको नाममा धेरै मानिस
बारपाक पुगेका कारण रिसर्च गर्न आउने मानिसहरूलाई बताउँदा बताउँदै त्यहाँका धेरै
मानिसलाई चिड चिडाहट भएको पनि हुन् सक्छ |' उनको सल्लाह थियो, एनजीओ र अनुसन्धान
दाता नपुगेका गोरखाका अन्य गाविस जाने |
कुन महिला ? कुन नारीवाद ?
(यो लेख गत वर्ष कान्तिपुर दैनिकमा प्रकाशित भएको थियो | घटनाका सन्धर्भहरुमा कुनै परिवर्तन गरिएको छैन | पढ्न नपाउनु भएका साथीहरुको लागि भनेर यहाँ राखेकी छु |)
केहि महिना अगाडी एउटा साहित्यिक पत्रिकाले उत्कृष्ट लेखकहरु एक देखि दश नम्बर सम्म को–को हुन् भनेर लेखकहरुलाई नै लेख्न लगाउँदा कुनै पनि महिला लेखकले अर्कि महिला लेखकको नाम लेखेनन् रे । मलाई एक जना साहित्यिक पत्रकारले बढो आग्रहका साथ यो कुरा बताउँदै भनेका थिए, ‘महिला लेखक भित्रै एकले अर्कोलाई नमान्ने चलन छ ।’
किन हामीलाई कहिल्यै मान्छे मानिएन ?
त्रि वि केन्द्रिय क्याम्पस क्रितिपुरमा समाजशास्त्र विभाग र मनोविज्ञान(साईकोलोजी) विभाग एउटै भवनमा छ । कहिले काही मनोविज्ञान विभाग अगाडीबाट हिड्दै गर्दा हाम्रा साथीहरु भन्छन्, ‘साईकोलोजी पढ्ने मानिसहरु आफै पनि साईको साईको हुन्छन् है ?’ हामी समाजशास्त्रका विद्यार्थीहरु आफै पनि प्रोफेशनल गफाडी हौ भन्छाँै । मनोविज्ञानका विद्यार्थीले पनि हामीहरुलाई कस्ता बाह्रमासे गफाडी छन् है समाजशास्त्रका विद्यार्थीहरु भन्दा हुन् ।
Subscribe to:
Posts (Atom)