भूकम्पको वर्गीय प्रभाव !

on Friday, May 6, 2016
(आफैंले लेखेका कैयौं कुराको आफैंलाई अत्तो पत्तो हुँदैन | गत वर्ष भूकम्प गए पछि लेखेको यो लेख अनलाईन  खबरमा छापिएको थियो | ब्लगमा संकलित हुने  हुनाले यहाँ पोष्ट गरेकी छु | मलाई लेख्नको लागि झक्झकाउने  अरुण बराललाई धेरै  धन्यवाद !)

काठमाडौमा भूकम्प आएको पन्द्र दिन पछि पनि सामाजिक संजालका प्रयोग कर्ताहरु भूकम्पलाई 'वाह क्या साम्यवादी ! कुनै धनि-गरिब, जति, भाषा, धर्म, लिङ्गको विभेद नगरी आउने | सबैलाई समान रुपमा प्रभाव पर्ने' भनेर प्रकृतिको अनुपम समानताको ब्याख्या गरेका थिए | धेरैले क्या गज्जब करोड पति र रोडपतिलाई भूकम्पले एकसाथ उस्तै पालामुनिका बासिन्दा बनायो जस्ता भनाइ जताततै देख्न सुन्न पाईएको थियो |