आमाको नाममा

on Wednesday, December 30, 2015


हरेक पल्ट
मेरो नामसँगै
नसोध्नु मेरो बाको नाम
म मान्दिन हरेक ठाउँमा
आफ्नो नामसँगै बाको नाम  
भन्नु पर्ने कानुन  

गुरूबा ! हामी त सिकारी युगमै छौं

on Sunday, December 6, 2015
(यो लेख गत वर्ष आश्विन २९ गते कान्तिपुर दैनिकमा प्रकाशित भएको थियो | मेरा लेखहरु कसैले चाहँदा पढ्न सक्नुहोस् भनेर यहाँ पुनः राखेकी छु )
केहि  समय अघि भएको एनसेल साहित्य महोत्सवमा कविहरूको पुस्तान्तरणको विषयमा कार्यक्रम भइरहेको थियो । कार्यक्रमको सञ्चालन कवि सरस्वती प्रतीक्षाले गरेकी भए पनि वक्ताहरू तीनजना पुरुष (मनु मन्जिल, श्रवण मुकारुङ र मनोज बोगटी) हरू थिए । कार्यक्रममा कुन पुस्ताका कुनकुन कविले राम्रो लेखिरहेका छन् भनेर उनीहरूले राम्रै बहस र ब्याख्या गरे । उनीहरूको बहस राम्रै थियो । तर दुर्भाग्य उनीहरूले लिएका दार्जिलिङ र नेपालका त्यति धैरै कविहरूको नाममा कुनै पनि महिला कविको नाम उल्लेख गरेनन् ।

तीजः संस्कृतकरण, नारीवाद र पुुजीवाद

on Wednesday, September 16, 2015


तीजका सामाजिक, धार्मिक, आर्थिक र सास्कृतिक पक्षहरु छन् । तीजको बारेमा कुरा गर्दा धेरै कोणबाट कुरा सकिन्छ, तीजको गितमा आएको परिवर्तन, पार्टी प्यालेसमा हुने तिजका भोज, गहना र महंगा साडी, हरितालिकाको दिनमा पानीपनि नखाइ गरिने वर्त, ऋषि पञ्चमीका दिनमा सुनाईने कथा लगायत यावत विषयहरु छन् ।
यी यावत विषयलाई तीनभागमा बाडेर कुरा गर्न सकिन्छ, पहिलो अहिले तीजको माध्यमबाट गैर हिन्दु महिलाहरु संकृतकरण भई रहेका छन् । दोस्रो अहिले भईरहेको तीजको नारीवादी ब्याख्या गलत छ । र, तेस्रो तीजलाई पनि ब्यापारिक पुँजीवादले अन्य कुरालाई झै प्रभावित बनाई रहेको छ । 

भाग्यले बाचेमा हामी !

on Friday, June 5, 2015

आमा प्राय: भन्ने गर्नुहुन्छ, 'तेरो भाग्य बल्लियो छ' | ३० वर्ष पुग्नै लाग्दा मलाई भाग्यको परिभाषा मान्छे, समाज र समय अनुसार फरक हुँदो रहेछ भन्ने लाग्छ | परिवारका सदस्यहरुसँग मेरो सधै एक हदको दुरी छ | सानासाना कुराहरुले मलाई खासै अत्याउन र मत्याउन सक्दैनन् | त्यसैले होला परिवारका सबैले मलाई रुखी छे भन्छन | म आफैलाई भने, 'म जोगीनी हुनु पर्ने' जस्तो लाग्छ | कौयौं पटक हप्ताको एकदिन बा-आमालाई फोन गर्छु भनेर नियम बनाउछु अनि दुइ तिन हप्तामै त्यो नियमको पालना मबाट हुँदैन | मैले नै कसैलाई फोन नगर्ने भएर होला मेरो मोबाइलमा खासै फोन पनि आउदैन |

एउटी प्रेमिकाको कथा

on Sunday, March 1, 2015
म एउटा सरकारी क्याम्पसको प्रोफेसर । रातको बाह्र बजेको छ । नजिकै कतै दोहोरी साँझबाट माया पिरतीको मीठो गीत सुनिरहेकोछु । मेरा अगाडि एक चाङ लेखका टुक्राहरू छन‍ । विद्यार्थीले क्याम्पसको वाषिकोत्सवको अवसरमा स्मारिका निकाल्न लागेका छन् । र, मलाई प्रुफ हेरिदिनु भनेका छन् । मैले एक हप्तामा सबै हेर्नुपर्ने छ । म अन्योलमा छु, मेरा हातमा पीडाको प्रतिबद्धता भन्ने शीर्षकको कथा छ ।

रातो गुलाफ

on Friday, February 13, 2015

k|]dsf] of] dxfg lbj;df
d lbg rfxG5'
/ftf] u'nfkm
h'g d}n] b'O{ jif{b]vL x'sf{Psf] af]6df
km'n]sf] 5
ltdL lnG5f} ls lnGgf} ;fgf] dflns
dfnLsL 5f]/Ln] lbPsf] of] km"n