मेटिएको तस्विर

on Tuesday, July 23, 2013

थाहा छैन किन
धमिलो धमिलो हुँदैछ
मेरो हृदयमा बसेको
तिम्रो तस्विर

जब हरेक पल
छटपटाउँथे म तिम्रो यादमा
त्यो बेला लाग्थ्यो
अल्जाईमर होस् मलाई
र, विर्सन सकुँ तिमी
तिम्रो साथ
तिम्रो माया
र तिमीसँग जोडिएका सबै कुरा

तर, आज सम्झन खोज्दा पनि
आउँदैन तिम्रो याद
तिम्रो अनुहारको झलक

मलाई माफ पनि नगरे हुन्छ तिमीले 
मेरा हरेक कसमहरु झुटा भएका छन् आज
किनकि म भुल्दै गएकी छु तिमीलाई
अरुले सम्झाउँदा पनि सम्झन सक्दिन तिमीलाई
कतिनै कोशिष गर्दा पनि
धुमिल धुमिल छ तिम्रो याद
मलाई थाहा नै भएन
तिमी टाढिए पछि मबाट
कसरी मेटिँदै गयो 
मेरो हृदयमा रहेको तिम्रो तस्विर

0 comments:

Post a Comment