तीजः संस्कृतकरण, नारीवाद र पुुजीवाद

on Wednesday, September 16, 2015


तीजका सामाजिक, धार्मिक, आर्थिक र सास्कृतिक पक्षहरु छन् । तीजको बारेमा कुरा गर्दा धेरै कोणबाट कुरा सकिन्छ, तीजको गितमा आएको परिवर्तन, पार्टी प्यालेसमा हुने तिजका भोज, गहना र महंगा साडी, हरितालिकाको दिनमा पानीपनि नखाइ गरिने वर्त, ऋषि पञ्चमीका दिनमा सुनाईने कथा लगायत यावत विषयहरु छन् ।
यी यावत विषयलाई तीनभागमा बाडेर कुरा गर्न सकिन्छ, पहिलो अहिले तीजको माध्यमबाट गैर हिन्दु महिलाहरु संकृतकरण भई रहेका छन् । दोस्रो अहिले भईरहेको तीजको नारीवादी ब्याख्या गलत छ । र, तेस्रो तीजलाई पनि ब्यापारिक पुँजीवादले अन्य कुरालाई झै प्रभावित बनाई रहेको छ ।