यो वर्षको मेरो पढाई

on Wednesday, October 9, 2013

दशैँको मुखैमा आए पछि फेसबुकका साथीहरुले यो वर्ष दशैँ विदामा पढ्नै पर्ने किताबको सल्लाह निःसुल्क  बताउन थाले । मलाई पनि यो वर्ष मैले कति किताब पढँे होला ? कुन कुन किताबहरुको सम्झना होला ? कतिको नाम पनि भुलेँ होला भन्ने लाग्यो  ।


यो वर्ष मेरो झोलामा धेरै जसो रिट्जरको सोसियोलोजिकल थ्योरीले आसन ग्रहण ग¥यो । कयौ दिन मार्टिन लुथर किङको आत्म कथाले पनि आसन ग्रहण ग¥यो । यि दुबै किताब मैले राम्ररी अरुलाई अर्थाउन सक्ने गरि बुझिन । 

कबिता म लेख्छु । तर, अरुले लेखेको कविता खासै बुझ्दिन । यो वर्ष सकुन्तला जोशी र उपेन्द्र सुब्बाका कबिता मैले बुझे पढेरै । विप्लब ढकालको कविता सुनेर बुझेँ । मलाई यी लेखक मन प¥यो । सकुन्तलालाई मैले कम आकेकी रहिछु भन्नेमा पछुतो लाग्यो । 

यो वर्ष कथा पढ्ने सौभाग्य जुरेन । 

उपन्यासमा उमा सुबेदीको तोदा मलाई मन प¥यो । पुजीवादले घरबाट बाहिर निकाले पछि महिला देशको सिमाना पनि नागेर इजरायलका बृद्ध यहुदीको स्हार सुसार गर्न पनि त सक्दा रहेछन् नि ? त्यसरी इजरायलपुराइएका महिलाले कमाएको रकमलाई पचाउनका लागि कति मानिसहरु गौडा कुरेर बस्दा रहेछन् भन्ने सत्य जस्तै कथाको उत्कृष्ट पस्तुती हो उमाको तोदा उपन्यास ।

नयनराज पाण्डे मलाई मन पर्ने लेखक हुन् । उनको उपन्यास घामकिरि पढे पछि मलाई कस्तो कस्तो नमज्जा लाग्यो । र मैले फेरी उनका उल्लार र लु फेरि एक पटक पढेँ ।

 मेरो मनमा लागेको छ, नयनराज पाण्डे म भन्दा अगाडीको पुस्ताका कम्युनिष्ट लेखक हुन, घनश्याम भूसालका पालाका । मभित्र यो पुस्ताका मानिसले चर्को रुपमा रुसी सरकारी साहित्य पढे भन्ने  चर्को आग्रह पनि छ । जसको नजरबाट पुँजीवादका गल्तीबाहेक केहि देखिन्न । मलाई लाग्छ, पुँजीबादका नकारात्मक पाटा मात्रै छैनन् । सकारात्मक पाटा पनि छन् । जसलाई केलाउन सकेनन् भन्दा पनि लेखकले पूवाग्रह पूर्वक नै चाहेनन् । 
पुँजीवादले गरिबलाई झन गरिब मात्रै बनाउदैन । करोड पतिलाई रोड पति पनि बनाउछ । र कवाडी बटुल्ने अजय पराजुलीलाई करोड पति अजय सुमार्गी पनि बनाउँछ । 
पुँजीवादले कालिकोटबाट झरेको किशोर बुद्धीराम चपाईलाई लेखक बुद्धीसागर पनि बनाउँछ र काठमाण्डौको धनाढ्य कविलाई झोले कबि पनि बनाउँछ । 
गोरखाबाट कट्टु र फाटेको चप्पल सहित एसएलसीको सर्टिफिकेट बोकेर काठमाण्डौ झरेको बाबुराम भट्टराईलाई देशको प्रधानमन्त्री पनि बनाउँछ र राज गद्धीमा बसेको ज्ञानेन्द्र शाहलाई उसैको घरमा सिमित पनि पार्छ । म नयनराज पाण्डेको विचारसँग एक मत हुन सकिन । तरै पनि उनका कृति उत्कृष्ट छन् भाषाका कारण र गरिबिको तस्बिरलाई अक्षरमा खिच्ने कलाका कारण ।

नयनराज पाण्डेको लेखनमा आउने गरिबिको चित्रलाई म स्वीकार गर्छु र इन्कार पनि गर्छु । मैले मेरा गुरु घनश्याम भूसाललाई यो कुरा भने । उहाँलाई मेरो कुरा मन परेन होला भन्नुभयो, ‘तपाईले बुझेको माक्र्सवाद र पुँजीवादको नमुना अर्को उपन्यास तपाई लेख्नुस् न ।’ मलाई थाहा छैन मैले कुनै दिन यो विषयमा लेखुँला न लेखुँला । तर नयनराज पाण्डेका किताब मन पर्दा पर्दै किताव भित्रको बिचार चाहि मन परेन । 

प्रगति राईको लेखककी स्वास्नी पढे पछि मैले सपेन्द्रलाई फोन गर,ेँ धेरै दिन पछि छोरालाई लिन स्कुल गएँ, आमाबा र दाईलाई फोन गरँे, पुराना साथीहरुलाई सम्झेँ फोनबाट । हामीसँगै बसेर पनि बोल्दैनौ धेरै दिन सम्म । खल्तीमा रहेको फोनबाट महिनौ सम्म म बाआमालाई फोन गर्दिन । मेरा साथीहरु ‘बुढो र छोरो भए पछि केही नचाहिने रहेछ’ भनेर कटाक्ष गर्छन् । मैले पढ्न र लेख्नका लागि परिवार, साथीभाई सबलाई पर्लक्कै विर्सेको सम्झेँ । लेखक बन्नु भनेको जोगी बन्नु रहेछ । म तिब्र रफ्तारमा जोगीनी बन्दै रहिछु । प्रगति राईको किताब दिउसो पढेर सकेँ । बेलुका सपेन्द्र र छोरो निदाए पछि मेरा आशु बर बर खसे । एउटा सफल लेखक हुनु भनेको कसैलाई झकझकाउनु हो, प्रगतिको उपन्यासले मलाई कामछुट्ने गरि झकझकायो ।

सुविन भट्टराईको समर लभ र ब्रजेशको यायावर सामान्य मन परे । दमिनी भिर पढ्न समय जुरेन पछुतो छ । जगदिश घिमिरेको उपन्यास सकसको यो वर्ष निकै चर्चा भयो । केहि विषयमा सुचना बटुल्लु बाहेक मैले यो किताब चर्चा गरे जत्ति बुझिन । 

बरु वर्ष भरि पत्रपत्रिकामा छापिएका जगदिश घिमिरेका लेख मलाई उत्कृष्ट लागे । उने सम्पादन गरेको मकैको खेति कृतिको कतै चर्चा भएन तर मलाई यो मन प¥यो । सायद हाम्रो समाजमा किसानको, कृषिको विषय हेपिएको विषय हो जसको बारेमा सुकिला मिडिया कर्मि र लेखकहरु बोल्नै चाहन्न भन्ने लाग्यो ।
म निबन्धहरु धेरै पढ्दिन तर गोविन्द वर्तमानको हरियो साईकल मन प¥यो । धेरै चासो नराखेको विषय भएर होला यो विषयमा म बोल्न जान्दीन । सौरभका पच्चिस वर्ष पढ्न भनेर ल्याएको पढ्न सकिन समय नमिलेर । राजनीतिक किताबमा यो वर्ष प्रयोगशाला मलाई धेरै कुरामा उपयोगी हुने लाग्यो, मन प¥यो ।

जिवनीमा हरिवंश आचार्यको ‘चिना हराएको मानिस’ पढियो । एउटा टुहुरो केटो कसरी सफल कलाकार भयो भन्ने विषयमा लेखिएको रोचक र उपयोगि आत्मकथा । जसलाई पढेर गरिब सधै गरिब नै रहन्छ भन्ने नेपाली कम्युनिष्ट हेजेमोनीबाट केहि मानिस बाहिर आउने छन् । त्यस्तै मधेशी भनेर आफुहरु हेपिएको सुगा रटान गर्ने राजनैतिक दलका मधेश मुलका मानिसले पढ्नै पर्ने किताब सान्ता चौधरीको आत्मकथा कमलरी देखी सभासदसम्म र बिनोद चौधरीको आत्मकथा हुन् । एउटा मानिस कति दुःख,मेहनत र हिम्मतले आफ्नो लागि ठाउँ बनाउँछ भन्ने कुराका नमुना हुन् चौधरी द्धयका आत्मकथाहरु । 

यो वर्ष मैले आफु भित्रको केहि कम्युनिष्ट आग्रहलाई पर धकेलेँ । मेरा साथीहरु मेरो यो पतनको बाटो हो भन्छन् । म यसलाई स्वीकार गर्छु । मैले यो वर्ष स्टालिनलाई दिमागबाट पुरै निकालँे । लेनिनलाई पनि स सम्मान पर धकेलेँ । उनीहरुको ठाउँमा एन्तोनियो ग्राम्ची र निको पाउलान्जासहरुले ठाउँ लिए । माक्र्स, एंगेल्स र रोजालाई मैले आफनै निकट महशुस गरेँ । मेरा गुरु घनश्याम भूषाल, खगेन्द्र प्रसाईँ, यज्ञश पछि चैतन्य मिश्र र कृष्ण भट्टचनको नाम थपेँ । 

भट्टचन सर नेपाली सस्थापन समाज प्रति जति पूवाग्रही छन्, त्यतिनै पूवाग्रही छ म वरिपरिको समाज । तर म स सम्मान भट्टचनसरलाई मेरा गुरुको आसनमा राख्न चाहन्छु । जसको सानिध्यले मैले जाती जनजाती प्रतिको मेरो पूर्वाग्रही कम्युनिष्ट धारणालाई केहि परिमार्जन गरेँ ।

 भट्टचन सरको उग्रजातिबादको म विरोध गर्छु र साथ साथै यसको पनि विरोध गर्छु कि ‘जनजातिले हामी माथी अन्याय भएको हो इतिहासमा’ भन्ने आवाजलाई समेत नेपाली संस्थापन समाजले स्वीकार गर्न सक्दैन । महिला, जनजाती दलित माथि भएको दबाबको कुनै न कुनै मुल्यको हाम्रो समाजले कुनै पनि बेला हिसाब किताब गर्नु पर्नेछ भन्ने मेरो ठहर छ । 

5 comments:

ङोर said...

Interesting ! Ramro chha...

Unknown said...

Majja lagyo Padda

Narayani Devkota said...

thanks Rukh and Kumaar jee,

Narayani Devkota said...

thanks Rukh and Kumaar jee,

Junu Ghale said...

Thank You Narayani ji.. Book Haruko barema, lekhak ko barema janne mauka milyo.. janakarimulakl lekh .. ramro lagyo

Post a Comment