विकृतिका पाहाडहरु ढलाउन चाहन्छु म

on Wednesday, July 24, 2013

विकृतिका पाहाडहरु ढलाउन चाहन्छु म
तिम्रो झुटो प्रेम पत्र जलाउन चाहन्छु म

प्रेमसँग वास्ना हुन्न भन्ने बुझ्छु म
सहवास माथी मुद्धा चलाउन चाहन्छु म



भासिएर त्यो प्रेममा अन्धो बन्नु छैन मलाई
विहेलाई केहि वर्ष तह लगाउन चाहन्छु म

धेरै कुरा बाँकी नै छन् मोज मस्ति भन्दा अघि
मिठो फल परिश्रमको फलाउन चाहन्छु म

प्रेम भन्ने चोखो हुन्छ भन्छन् विरोध गर्दिन म
वासनाका बगरहरु गलाउन चाहन्छु म

0 comments:

Post a Comment