जिन्दगीमा हार्दिन म

on Friday, July 26, 2013


जिन्दगीमा हार्दिन म खेल हारे पनि
डाको पनि छोड्दिन आशु झारे पनि

त्यहाँ जस्तै यहा पनि पिडा नै छ भित्र
भाग्य सर्ने हैन कतै बसाई सारे पनि

हासे कै छु खुसी नै छु दुनियाको अघि
मुटु भित्र बेदनाका किला गाडे पनि


सोच्छन् कोही खसालेर मार्न पर्छ भनि
उठाउँछु आफुलाई जति तलै पारे पनि

तँ तर्किन्छस्, म तर्कन्छु हिजो आज यसै
मर्दा पर्दा चाहिएला पानी बारे पनि

0 comments:

Post a Comment