साटिए पछि मन

on Sunday, March 30, 2014

साटिए पछि मन
ग्राहो हुदो रहेछ, सम्झन पनि
र विर्सन पनि


तिम्रो यादसँगै लाग्छ
निभे हुन्थ्यो रातको बत्ति
डुबे हुन्थ्यो दिनको घाम
मुर्झाए हुन्थ्यो साथको मानिस
तर,
भएको छैन त्यस्तो
बलिरहेको छ रातको बत्ति
चर्किरहेको छ दिनको घाम
सम्झाई सम्झाई
भनिरहेछन् सबैले बिर्सिदेउ
रुवाई रुवाई भनिरहेछन्
रुन हुँदैन

साँच्चै गाह्रो भएको छ
मलाई
तिमीलाई सम्झन पनि
र विर्सन
पनि

2 comments:

Post a Comment