त्रिभुवन विश्वविद्यालय क्याम्पस जान भन्दा पाँचौँ वर्ष पहिले देखि मैले कृष्ण भट्टचनको विषयमा धरै नै नराम्रा कुरा सुनिसकेकी थिएँ । मेरा अग्रज विद्यार्थी साथीहरु उनको विषयमा खुब कुरा गर्थे, एउटा उग्रजातीवादी व्यक्तिको रुपमा । त्यति बेला देखी नै मैले कृष्ण भट्टचनको नाम सुन्नासाथ अनुहार टेढो बनाउँथे । असोजको तेस्रो आईतवार त्रिवि समाजशास्त्र विभाग भर्ना भए पछि पहिलो दिनको कक्षामा नै मैले भट्टचनको कक्षा नलिने निर्णय मेरा साथीहरुलाई सुनाएकी थिएँ । हाम्रो पढ्ने रुटिन निस्केको थिएन । प्रोफेसरहरु आफ्नो आफ्नो विषयको परिचय गराईरहनु भएको थियो ।
बिहीवारको पहिलो कक्षामा एउटा सामान्य भन्दा होचो, उमेर भन्दा दुब्लो र राम्रो भन्न नालायक कालो वर्णको प्रोफेर कक्षामा छिरेको थिए । कक्षामा उनको पहिलो वाक्य थियो, नयाँ जोगी जोगीनीलाई सोसोलोजीमा स्वागत छ । आफ्नो परिचय नदिई सुरु गरेको दुई घण्टाको कक्षामा तिनले पहिलो घण्टाभरि आफुले किन जोगीजोगीनी र सोसोलोजी भनेको भन्ने विषयमा विस्तृत रुपमा बताए ।
म प्रोफेसरको कुरा मख्ख परेर सुनीरहेकी थिए । कुरैकुरामा उनले आफ्नो नाम बताए, कृष्ण भट्टचन ! मेरो छेउकी साथीले मलाई चिमोटी । मलाई सुसु आउला जस्तो भयो, प्रोफेसरको नाम र चिमोटाई दुईवटै कुराले । उनको कक्षा लिन्न भनेर निस्कन नैतिक रुपमा पनि हुँदैनथ्यो । म बसेँ । साथीले कानमा खुसुक्क भनि कक्षा नलिने भनेकी हैनौँ ? मैले भनेँ, लिन्छु । र, मनमननै भनेँ केको दुस्मनी छ र यिनको र मेरो कक्षा नलिनको लागि ? दुई घण्टाको कक्षा पछि म उनको कक्षामा पनि बस्ने नयाँ निर्णय गरिसकेकी थिएँ ।
कक्षा सुरु भएको पाच महिना पछि जनजाती विषयको कक्षामा भट्टचन पढाईरहेका थिए । कसरी महिला, जनजाती र दलितलाई राज्यले पछाडी पा¥यो भन्ने विषय थियो । महिलाले आफ्नो श्रिमानसँग यौन सम्बन्ध राख्न नमानेमा उसको यौन अंग काटिदिनु भन्ने कुरा नेपालको पहिलो कानुुन मुलुकी ऐनमा उल्लेख भएको जब बताए, तब कक्षा उचालियो । केटीहरु छिः भन्दै घोसे मुन्टो लगाए । लाजले होला । केटाहरुको सायद अर्कै हर्मनले काम गयो होला । बेस्सरी हाँसे । केटाहरुको लामो हाँसोले सायद क्रितिपुर पनि हल्लियो होला । हाँसो थामिए पछि, उनले हिन्दु धर्मले कसरी महिलालाई दवाउन सहयोग गर्यो भन्ने विषयमा बताउँन थाले, कक्षाका हिन्दु विधार्थीहरु एकातिर सिङ्गो एउटा भट्टचन सर एकातिर । कक्षा सकिए पछि म ट्वाईलेट भित्र थिए । बाहिर केटीहरु सरलाई गाली गरिरहेका थिए, कस्तो पात्तिएकोे सर है, सेक्स गर्ने ठाउँ भन्छ है ? हिन्दु महिलाले महादेवको पिसाव गर्ने ठाउँ पुजा गर्छन् भन्छ है ? ट्वाईलेटको प्यासेजमा पालोकुरेका केटीहरु सरलाई गाली गरिरहेका थिए । मेरो पुर्पुरो तातिरहेको थियो ।
सोधें, तिमीहरुले जंगबहादुरको मुलुकी ऐन पढेका छौँ ? छैन केटीहरुको उत्तर । एक महिना अगाडी पश्चिम पहाडमा सेक्स गर्न नदिएको कारण लोग्नेले यौन अंग आगोले पोलिदिएको खबर पढ्यौ ? अहिले हरेक दिन महिला बलात्कारमा परेको समाचार सुन्छौ ? केटीहरुले जंगबहादुरको मुलुकी ऐनबाहेक अरु पढेको बताए । म प्यासेजबाट निस्कँदै गर्दा एउटीले भनिन् ‘भट्टचनवादी’ । खाने बेलामा एउटा साथीले भन्यो, भट्टचन सरको कुरा एउटा ठाउँमा त ठिकै हो तर वान्ता आउने गरि भन्छन् । अर्को साथीले भन्यो, सुन तिम्रो वुबाको सम्पतिको हकवाला यदि तिमी हौ, भने तिमीले तिम्रा सयाँै पुस्ताको भाग गालि सुन्न पर्छ । किनकि तिम्रा सयौ पुस्ताले जनजाती, दलित र महिलालाई दवाई राखेका हुन् । जसरी तिमी तिम्रा पुर्खाको सम्पतीको हकदार हौ । त्यसरी नै तिम्रा पुर्खालाई गर्न नपाएको गालीको पनि हकदार हौ । सम्पतिको मात्र हकदार हुने । गालीको हकदार नहुने ?
हरेक दिन जसो भट्टचनको कक्षामा कक्षाका ९० प्रतिशत विधार्थी एकातिर अर्को तिर सिङ्गो उनी बहस गरिरहेका हुन्छन् । बहसमा उनलाई विधार्थीले लान्छना लगाउन पनि छोड्दैनन् । सामुन्ने नै भन्छन्, सर, तपाई बाहुन पुरुषहरुले गरिखाएको किन रिस गर्नुहुन्छ । जनजाती, महिला, दलित वा जोकोही आफै गरिखाए हुन्छ नि । विद्यार्थीका त्यस्ता सुझावको पनि भट्टचन सरसँग रेडिमेड प्रश्न छ उनी सोध्छन्, सोसियोलोजी पढेको हो ? विद्यार्थीको उत्तर हो भन्ने नै हुने भयो । त्यस पछि उनको अर्को रेडिमेड प्रश्न छ, मानिस आफै बन्छ कि समाजको उत्पादन हो ? अब फेरी लम्बेतान बहस । विद्यार्थीहरु आरोप लगाएर पनि थाक्छन् । तर, भट्टचन सर थाक्दैनन् । दशकौँ देखी भट्टचन सर यसरी नै बोल्दै आएका छन् ।
आफुले पढाउने कक्षामा, सार्वजानिक समारोहमा, हरेक ठाउँमा । उनलाई कार्यक्रममा बोलाउनेले पहिलानै हिसाब किताब गरिरहेका हुन्छन् । भट्टचनलाई बोलाए पछि बोल्न बोलाए पनि बोल्छ, सुन्नर बोलाए पनि बोल्छ । चर्चित साहित्यका नारायण ढकालले दुभिक्ष कृतिको विमोचन कार्यक्रममा बोलाउँदा भनेछन्, जनजातीको पक्षमा लखेको छु भनेर । किताब पढेपछि भट्टचनलाई लाग्यो, थुक्क ! जनजातीका छोरी बुहारी त बाहुनलाई रक्सि खुवाउने, उसको शरिर मुसार्ने काममा पो राख्ने रहेछन् नारायण ढकालले । हरेक ठाँउमा जहाँ उनी पुगेका छन् । त्यहा उनी बोलेका छन्, बहस गरेका छन् । बहसमा उनले हारेका छैनन् । हारेका छन् त केबल उनीसँग बहस गर्नेहरु । हार्नेहरुले आरोप त उनकै अगाडी लगाउँछन् । उनको पछि त झन उनको एउटा यस्तो छवि बनाएका छन् कि, जस्तो छवि दोस्रो विश्व युद्धमा गोर्खालिको सेनाको बनाईएको थियो ।
मैले यो लेखिरहँदा मलाई लागिरहेको छ, राजनीति, साहित्य र पत्रकारितामा रहेका मेरा साथीहरुले मेरो यो लेखाई पक्कै मन पराउने छैनन् । मलाई समाजशास्त्र पढ्न सुझाव दिने मेरा गुरुहरुले पनि मन पराउनु हुनेछैन । तर, म यो विश्वासका साथ लेखिरहेकी छु कि, उनको हरेक कक्षा पछि मेरो मनले भनिरहन्छ वा ! भट्टचन सर । अनि सुन मान्छे हो, कोही त छ, यो देशमा जसले भनिरहेको छ, “शारिरिक बनावटको आधारमा, खाने पिउने सस्कृतिको आधारमा, काम गर्ने तरिकाको आधार, छालाको रंग वा बोलिने भाषाको आधारमा कसैमाथी दवाव दिनु अपराध हो । साझा स्रोतहरुमाथी पहुच हुन नदिनु अपराध हो । यस्ता अपराधलाई सरकारले नै, कानुनले नै संरक्षण गर्नु सभ्य सामाजको लज्जाको कुरा हो ।” अहिले मलाई लागिरहेको छ, भट्चनको विषयमा मलाई जे सुनाईएको थियो, त्यो एउटा लामो नाक भएको सताव्दीयौ देखिको कहिल्यै दविन नपरेको र दवाउँदै आएका पुरुषहरुद्धारा सुनाएका थिए । जसलाई भट्टचनको भुतले सपनामा पनि तर्साउँदोहो ।
18 comments:
जसले गल्ती गर्दैन र कसैबाट कुनै लाभको आशा गर्दैन उसको प्रस्तुती कडा हुन्छ । निश्चित हो भट्टचन सर त्यस्ता कडा स्वभावको मान्छे हो । मलाई प्रहरी प्रमुख रमेश खरेल पनि त्यस्तै मान्छे हो जस्तो लाग्छ ।
feel good........ i want to take his class.>>
Thank you Sis... I like it.....
Liked your writing. Reminded me of his class :)
Yes i like it...
Briefly, I worked with Bahattachan Sir in the Social Assessment of WB/IDA Rural Water Supply and Sanitation FDB Project -II . He is talented and energetic personality. On IP, GELSI, land right, water sanitation service right strong, compassion , frame were hence forth developed incorporated in sector program. TU faces too much of negative Politics, which generates many adversities and rivalries among professors , students., I wish all the team would unify , work first to glorify the TU institution, then it comes to practice same for the nation and transfer true learning to the students.
lekh ramro lagyo, keep it up...
हजारौ. भट्टचन सरहरुको खाँचो छ देशलाई किनकि स्वार्थमा लिप्त पटमूर्ख हरूले पुण्य भूमिलाई पाप थलो बनाई सके। सलाम छ भट्टचन सरलाई र लेखकलाई।
भट्टचन सरलाई भन्दा तपाईलाई चाही मैले सलुट गरे सयद तपाई जस्तै सोचनिए व्यक्ति सम्पूर्ण नेपाली जनमानसिकतामा छरिन पुगे हाम्रो राष्ट्रले एउटा सुनौलो बिहानीको सुरुवात गर्ने थियो को ...........
Good comment from the side of student. we may observe by the Zero eye. +( positive) and - (negative) are both same position. zero eye is possible way to reach the near about Fact.
धेरै राम्रो अनि यथार्थेपरक लेख देबकोटा जि को ,तर अब यस्तो लेख लेखिसकेपछी हज्जारौ आरोप प्रत्यारोप खेप्न पनि तयार भएर बस्नु होला l
ekdam raamro laagyo Devkota ji! Salute to Dr Bhattachan!
I also really admire personality of Sir Bhattachan!!! he is one of the precious gems of under privileged people and a voice of voiceless people. Thanks Devkota ji!!!
Daring...
Both of them (you) r like the Socrates of 21st century.
kiranti.muru@hotmail.com
Bitter Reality of the Nepali Society as I, also student of Dr. Bhattachan, who had rejected to be Professor of .TU.
jitne ra harne ko jastai ho katha.. janera pani najane gare jastai.. fact writing.. nice..
धेरै राम्रो विचार.....
Post a Comment