फुल, पत्थर र मन

on Tuesday, July 30, 2013

मान्छे सम्झेर किन चढाउँछौ
पत्थरलाई फुल ?
तिमीले फुल चढाउँदैमा मान्छे बन्दीन उ
जो तिमीलाई पत्थर लाग्छे

कहिँ पुग्नुछ उसलाई
लिएर के गर्नु रातो गुलाफ
सुनेर के गर्नु तिम्रा सपना
देखेर के गर्नु प्रेमको आशु
अनि लागेर के गर्नु
तिम्रो माया ?


उ तान्दिन उसको बाटोमा
तिमी जाँदैनौ उसको पछि
उसको बाटो सुन्दै डराउँछौ तिमी
कल्पना गर्दै दुःखी हुन्छौ
एक्लै बस्दा पनि बगाउँछौ आशु
त्यसैले सोच्छौ तिमी मान्छे हौ
उ मान्छे जस्तै हो
तर मान्छे होईन
किनकि उ बगाउँदिन आशु
डराउँदिन तिमी झैँ
र दुखी हुन्न कहिल्यै पनि

तिमीलाई के थाहा ?
उसलाई पनि लाग्दो हो डर
तिम्रो समाजसँग
जसले बनाउँछ नारीलाई बेश्या
उ पनि रोकि होली झारेर आशु
जबर जस्त निभाउँदा बेश्याको भूमिका
उ पनि दुखी हुँदी हो
उ पनि जल्दीहो पिडा र अपमानले

होला न्यानो तिम्रो अंगालो
तिमीले पुराउला
 मिठो खान र राम्रो लगाउन
तर के गर्ने
उसलाई पनि लाग्छ
तिम्रै जस्ता छन् उसका हात
तिम्रै जस्तो छ उसको दिमाग
यहा न्याना काखहरु
पैसा तिरेर किन्न पाईन्छ ।

उसलाई जरुरी छ
एउटा आत्मीय साथीको
जसले गर्न सकोस उसको सम्मान
जो हिड्न सकोस उसको उदेश्यमा
जसले भन्न सकोस
 तिमी पनि त म जस्तै त हौ
तिम्रा पनि होलान् सपना
तिम्रा पनि होलान् योजना जिन्दगीका
म पनि जान्छु न तिमीसँग
तर, तिमी सक्दैनौ त्यसो गर्न
किन कि तिमी पुरुष हौ
तिमी आईमाईको पछि लाग्न हुन्न
उ पत्थर हो
मान्दिन तिम्रो समाजको नियम
बेकारमा किन चढाउँछौ उसलाई फुल
तिमीले फुल चढाए
बरु काली बन्ने छ उ
र भन्ने छ,
यो सन्सार त मेरो इच्छाले पो चल्छ
भो नचढाउ पत्थरलाई फुल
तिमीले फुल चढाउँदैमा
मान्छे बन्दिन उ । ।

0 comments:

Post a Comment