किन भएन स्ववियु निर्वाचन ?

on Wednesday, July 17, 2013
त्रिभुवन विश्वविद्य विद्यार्थी युनियनको चुनाव रोकिएका कारण विद्यार्थी संगठनका नेताहरुको तनाव
सकिएको छैन । अर्को तर्फ उनीहरुले नेतृत्व गरेको दावी गरेका लाखौ विद्यार्थीको एसएलसी परिक्षाफल प्रकाशित भएको छ । जसमा लाखौको संख्यामा आधा भन्दा बढी विद्यार्थीलाई नालायक घोषणा गर्ने रिजल्ट भएको छ । हाम्रो देशको सामाजिक परिवेशलाई ध्यानमा राखेर न स्ववियु निर्वाचन माथि कुनै विद्यार्थी नेताले  बहस गरेका छन् न त किन हरेक वर्ष आधाभन्दा बढी विधार्थी एस एल सी परिक्षामा फेल हुन्छन् भनेर सार्वजानिक बहस चलाएका छन् । संचार माध्यममा सोधेको प्रश्न भन्दा पर गएर कुनै विद्यार्थी नेताले यसलाई उठाउनु पर्ने, बहस गर्नु पर्ने र परिमार्जन गर्नु पर्ने विषय बनाएनन् ।

स्ववियुको निर्वाचन नहुनुको कारण देखाउन विद्यार्थी नेताहरु त्यसरी नै प्रस्तुत भए जसरी संविद्यान सभा विघटन हुनुमा ती संगठनका माउपार्टीहरु प्रस्तुत भएका थिए । एक संगठनले आफुलाई चोखो बनाउनका लागि अर्को संगठनको विरोध गर्ने, फेरि अर्कोले अर्कोलाई गाली गर्ने चक्र चलिरहेको छ । यो चक्र स्ववियु निर्वाचन रोकिए पछि मात्रै सुरु भएको हैन । स्ववियु निर्वाचन हुने भनिए पछि हरेक क्याम्पसका चौरमा गरिएको चर्को हो हल्लाको पछिल्लो रुप मात्रै हो । 


बैसाखको पहिलो हप्ता त्रिभुवन विश्वविद्यालय क्याम्पस परिसरमा केही विद्यार्थीहरु चर्को नारा लगाई रहेका थिए । के विषयलाई लिएर नारा लगाईरहेका रहेछन् भनेर हामी(समाजशास्त्रका विधार्थीहरु)ले लगभग एक घण्टा उनीहरुको नारा सुनिरहयौं । उनीहरु  भनिरहेका थिए -
हाम्रो आन्दोलन जारी छ,
विर सहिदलाल सलाम
(आफ्नो संगठनको) नाम जिन्दावाद !

 यि बाहेक उनीहरुसँग अर्को नारा थिएन । दोहो¥याई दोहो¥याई उनीहरु यहि नारा मात्रै लगाई रहेका थिए । लगभग एक घण्टा पछि थाहा भयो, उनीहरुको विश्वविद्यालय स्तरको सम्मेलन हुँदै रहेछ । यस्तो नाराविहिन भिड बैसाख महिना भर हरेक क्याम्पसमा देख्न पाईयो । चुनावको माहोल जुन थियो ।  हरेक संगठन भित्र कसले कुन पद पाउने र कसले कति विद्यार्थीलाई भर्ना गर्ने (जसले आफुलाई वा आफ्नो टिमई भोट हाल्छन)् भन्ने चर्को विवादको विषय बन्यो ।  दुई हजार विद्यार्थी संख्या भएका क्याम्पसमा तिन, चार सय चुनावी विद्यार्थीलाई भर्ना गरियो । हरेक संगठनमा, हरेक क्याम्पसमा जसले बढी भर्ना ग¥यो उसले नै चुनवमा जित्ने पक्का भयो । लामो समय विद्यार्थी आन्दोलनमा रहेका, बैचारिक बहस गर्न सक्ने, नियमित पढिरहेका विद्यार्थीहरुले एक त टिकट नै नपाउने । टिकट पाई हाले पनि चुनाव नजित्ने पक्का हुँदै गयो । त्रिविमा दशक देखि विद्यार्थी आन्दोलनमा रहेका सरोज यादव, विद्यार्थी आन्दोलनमा कहिल्यै सहभागि नभएकी बाबुराम भट्टराई पुत्री मानुसीसँग हार्ने निस्चित भयो । राजनीति शास्त्रमा मानुसीले टप गरेको विषयमा संचार माध्ययमा पनि बहुत चर्चाको विषय बन्यो तर, समाजशास्त्रबाट टप गरेका प्रदिप ज्ञावालीका छोरा विकास ज्ञावालीको विषयमा कतै चर्चा पनि भएन । जसको पैसा र पहुँच भयो उसैको हल्ला भयो । 

 क्याम्पसका असली विद्यार्थीको त परिक्षाको रुटिन निस्कने बेला भई रहेको थियो । कलेज गयो पढ्ने वातावरण हुने कुरै भएन । हरेक दिन कुनै न कुनै विद्यार्थी संगठनाले क्यम्पस परिसरमा चर्को माईक लगाएर ध्वनी प्रदुषण गरिरहेका थिए । असली विद्यार्थीहरु घरमा नै बसेर पढ्न थालेका थिए । जोसँग पैसा छ, जसले चन्दा उठाएर सयौँको संख्यामा विद्यार्थी भर्ना गर्न सक्छ स्ववियुमा उ नेता हुने कका भयो । यस्तो वतावरण र  यस्ता विद्यार्थी नेताहरुसँग विद्यार्थी आन्दोलनलाई कसरी अगाडी बढाउने, कसरी शैक्षिक स्तरमा सुधार गर्ने भन्ने विषयमा योजना, बहस, छलफल हुने त कुरा नै भएन । 

देशभरका क्याम्पसहरुमा चुनावको चहल पहल बढ्दै गर्दा, विद्यार्थीहरुको परिक्षा आउने बेला भईरहेको थियो । तर उनीहरुको पढाई सकिन बाँकी नै थियो, हरेक दिन जसो कक्षाको अगाडी पढ्न पढाउन सकिने गरि चर्को माईकहरु बज्न थालेका थिए । हरेक दिन हरेक विद्यार्थी संगठनको कार्यक्रममा नेताहरु आए, नेता वक्ताको विषयमा उद्घोषकले  यसरी वयान गर्छन् कि यो संसार कै महान व्यक्ति उहि मात्रै हो । अरु त केहि होईनन् । कोही त के मान्छे नै हैनन् । तर, वक्ताको भाषणमा विधार्थीलाई काम लाग्ने र मन छुने कुनै कुरा नयाँ थिएनन् । किनकी भविश्यमा यस्तो गरौँला भनेर भन्न सक्ने नेताहरुमा सपना छैनन् । सपना नभए पछि कुनै योजना र नारा हुने कुरै भएन ।

अघिल्लो दिन कुनै समयमा मन्त्री वा प्रधान मन्त्री पनि भएका दुई तिन जना नेता सहित एउटा संगठनको कार्यक्रम हुन्छ । जहा मैदानमा रहेका प्रतिस्प्रिधि विधार्थी संगठन र तिनका माउ पार्टीहरुको चर्को आलोचना गरिन्छ । अर्को दिन अर्को विधार्थी संगठनले त्यस्तै कार्यक्रम गरेको हुन्छ, मान्छे फरक हुन्छन् तर चरित्र फरक हुँदैनन् । नत कार्यक्रमको तरिका फरक हुन्छ । अघिल्लो दिनमा जस्तै माउ पार्टीका नेताहरु जो मन्त्री भईसकेका हुन्छन् वा प्रधानमन्त्री वा उप प्रधानमन्त्री भएका नेता आउँछन् । अघिल्लो दिनको कार्यक्रममा बोल्नेले भन्दा बढी चर्को बोल्छन् । जति नै चर्को बोलेको भए पनि उसको पनि कुनै योजनाको कुरा हुँदैन । कुनै विधार्थी हक हितको विषयमा गरिएको कामको सम्झना  पनि हुँदैन । सम्झना गर्नका लागि उनीहरुको विधार्थी संगठनले विगत स्ववियु निर्वाचन भए पछि कुनै खास काम गरेका नै छैनन् । जस्तो कि, हरेक क्याम्पसका ट्वाईलेटमा धारा छैनन्, ट्वाईलेटका ढोकामा चुक्कुल छैनन्, वत्ती पनि छैनन् । 

लेडिज ट्वाईलेटमा महिनावारी हुँदा प्रयोग गर्ने प्याड फाल्नका लागि डस्टविन छैन । क्यान्टिनमा स्वाच्छ खाने पानी  वा तातो पानी किनेर खान पनि पाईदैन । कुनै पनि विधार्थी संगठनका नेताले वर्ष भरि कक्षा कोठामा गएर तपाईका समस्या के छन् भनेर विनम्र भएर सोध्दैनन् । उनीहरु केटा छन् भने क्यान्टिनमा बसेर चुरोट उडाउँछन् । नेपालमा सार्वजानिक स्थलमा चुरोट पिउन नहुने कानुन छ, भन्ने हेक्का उनी हरुलाई हुँदैन । स्ववियुका महिला पदाधिकारीहरु कलेज नै आउँदैनन् । कलेजमा राम्ररी नपढाउने, समयमा नपढाउने प्राध्यापकको विरोध त उनीहरु गार्दैनन् नै । किन कि राम्ररी नपढाउने प्राध्यापकहरु उनीहरु कै पार्टीका सदस्य हुन्छन् । नपढाउने प्राद्यापकाले आफ्नै कलेज खोलेका छन् । जसले विद्यार्थी संगठनलाई चर्को चन्दा दिएका हुन्छन् । यसरी कुनै सकारात्मक कामको विषय नभए पछिवक्ताले आफ्नो सबै समय अर्को विधार्थी संगठनको विरोधमा विताउँछ । 

पछिल्ला वर्षहरुमा प्रमुख विधार्थी संगठनहरु ( अनेरास्ववियु, नेविसंघ र क्रान्तिकारी) आफ्नै आन्तरिक कलहमा छन् । हरेक संगठनको नेताको बरु प्रतिस्प्रधि संगठनको नेतासँग सौहार्द सम्बन्ध छ । तर, आफ्नै संगठनका साथीहरु उसका ज्यानी दुस्मन छन् । अर्को प्रतिश्प्रधि विद्यार्थी संगठन भन्दा आफ्नो संगठनले विगत तिन वर्षमा विद्यार्थीहरुको हक, सामाजिक आन्दोलनमा संगठनात्मक रुपमा गरेका रचनात्कम कार्यक्रमहरुको लिस्ट कुनै विधार्थी संगठनसँग पनि छैन । किन कि विगत तिन वर्षमा स्ववियुमा रहेका  नेताले सामाजिक आन्दोलनमा कुनै योगदान नै गरेका छैनन् । आफ्नो पार्टी, त्यो भित्र पनि आफ्नो गुट र आफ्नो गुट भित्र पनि आफुलाई कतिनाफा घाटा हुन्छ भनेर मात्र विद्यार्थी संगठन र स्ववियुका नेताहरु लागेको अहिलेको हाम्रो समाजको नाङ्गो यथार्थ हो । स्ववियुका नेताहरु अपराधिक समुहहरुसँग नजिकको सम्बन्ध राख्ने अहिलेको आम फेशनको विषय बनेको छ । यस्तो लाग्छ कि अपराधिक क्रियाकलापमा संलग्नहरुसँग हिमचिम नबढाए, उनिहरु जेल परेको बेलामा नछुटाए कोही विद्यार्थी नेता नै हुन सकिँदैन ।

यस्तो हुँदा पनि स्ववियुको निर्वान नगरौँ भो भनेर भन्न सक्ने आट कुनै विद्यार्थी संगठनका नेताले गर्न सकेनन् । बरु कसरी हुन्छ यो चुनाव नगराउँ भन्ने काममा लागे । अहिले चुनाव आफ्ना कारणले रोकिएको हैन भनेर जबर जस्त कराई रहेकाछन् । तर, के कारणले किन स्ववियु चुनाव भएन भन्न सकेका छैनन् । किन कि साँचो बोल्ने हो भने कुनै पनि विद्यार्थी संगठनको नेताले आफ्नो राजनैतिक जिवन देखी टाढा रहन पर्ने परिस्थितिको निर्माण भई रहेको छ । 

नेता भनेको योजना, नीति र आन्दोलनले स्थापित गर्ने हो । देशको अवस्था दिन दिन विग्रदै गईरहेको छ  । सामाजिक आन्दोलनको वाहक यदि विद्यार्थी संगठनहरु हौं भनेर दावी गर्ने हो भने, के अहिलेको यो अन्योल कम गर्ने आन्दोलनको बाहक विद्यार्थी संगठन हुनु पर्दैन ? आफुले नेतृत्व गरेको वर्गको असफल असफलताले उनीहरुलाई छुँदैन ? यसरी कलिला दिमागहरुलाई तिमीहरु असफल हौ भनेर राज्यले नै घोषणा गरिदिने नीतिलाई परिवर्तन गर्ने आन्दोलनको नेतृत्व विद्यार्थी संगठनले गर्नु पर्दैन ? अहिलेको स्ववियु निर्वाचनको तयारी गर्दा देखाएको रवैया नै विद्यार्थी नेताहरुले फेरि दोहो¥याए भने, उनीहरु कहिल्यै कुनै ठाउँमा नेतृत्व गर्न लायक रहने छैनन् । किन कि नेतृत्व भनेको एउटा क्षमता हो, एउटा कला हो जो सिक्न सकिन्छ, बढाउन सकिन्छ तर स्ववियुमा भोट हाल्ने मान्छे किने जस्तो किन्न सकिँदैन । 

0 comments:

Post a Comment