सिपिएन यूएमएल ? नो नो एमाले ।

on Tuesday, October 29, 2013

चुनावी गर्मि चढीरहेको यो बेलामा मेरो कम्प्युटरको भित्ता दलका कार्यकर्ताले भरिरहेका छन्, फेसबुकका माध्यमबाट । धुप्रै एमालेका कार्यकर्ताले अग्रेजीमा लेख्दा पनि एमाले लेखिरहेका छन् । माओवादीका कार्यकर्ताले पनि माओइस्ट नलेखेर माओवादी लेखिरहेका छन् । यसरी लेख्नेमा उम्मेद्वार पनि छन् ।
अहिले फेसबुकका भित्तामा राजनैतिक दलका कार्यकर्ताले यसरी लेखेको देख्दा मलाई ०६२ सालको जनआन्दोलनको समय याद आयो । ०६२ सालमा मैले सरस्वती कलेजमा स्नातकमा भर्ना गरेकी थिएँ कमर्समा । अनेरास्ववीयुको सामान्य कार्यकर्ता थिएँ ।

जिन्दगीमा कुनै पनि बेला अङ्ग्रेजीमा बोल्न परेको थिएन त्यो बेला सम्म । अचानक विदेशी मानिस साथी भएको थियो । अन्तराष्ट्रिय समाचार सस्थाको फोटोग्राफर ।

यो वर्षको मेरो पढाई

on Wednesday, October 9, 2013

दशैँको मुखैमा आए पछि फेसबुकका साथीहरुले यो वर्ष दशैँ विदामा पढ्नै पर्ने किताबको सल्लाह निःसुल्क  बताउन थाले । मलाई पनि यो वर्ष मैले कति किताब पढँे होला ? कुन कुन किताबहरुको सम्झना होला ? कतिको नाम पनि भुलेँ होला भन्ने लाग्यो  ।

स्वस्थानी कथा विभेदको सुरुवाती कथा

on Monday, August 5, 2013
यति बेला हिन्दुहरुको एकमहिना लामो स्वस्थानी वर्तकथा टोलटोलमा वाचन सुरु भएको छ । अस्ति भर्खर काभ्रेमा एक सामाजिक अभियन्तालाई बोक्सीको नाममा पासविक हत्या गरियो | दिनदिनै कतै कतैबाट समाजमा महिला हिंसाका घटना दिन दिनै संचार माध्यममा आएका छन् । अनि घरघरमा देवीको पुजा गरिँदै छ । 

तिमीले रोजेको बाटो

on Sunday, August 4, 2013

झोला बोकेर हिड्यौ
फर्क कसरी भन्नु
जाउँ तिमीले रोजेको बाटो

बतासले हल्लाउने छ,
टाउकाको कपाल
कुर्ताको सल
र मन भित्रको मुटु एकै पटक
अनेक कसम खाएकाहरु,
थकाई मार्नेछन् तल कतै विसौनामा

आधा खुसीहरु

on Wednesday, July 31, 2013

बा !
बोलाई रहेकी छे छोरी
बिचमा नबोल !
हकारि रहेका छन् बा

साझको खानासँगै
चलिरहेका छन् कुरा
अमेरिकाकी हिलारी क्लिन्टनको चुनावी दौडाहाका
मारिन नहुने बेन्जिर भुट्टोका
बाबुको हत्यारा भेट्ने प्रियंका गान्धीका
र पाँच कक्षा पढेकी सभासद दुर्गा विकका
मान्ने पर्छ तिनीहरुलाई
बाको तर्क छ
साँच्चै !
सहमत छन् काकाहरु ।

फुल, पत्थर र मन

on Tuesday, July 30, 2013

मान्छे सम्झेर किन चढाउँछौ
पत्थरलाई फुल ?
तिमीले फुल चढाउँदैमा मान्छे बन्दीन उ
जो तिमीलाई पत्थर लाग्छे

कहिँ पुग्नुछ उसलाई
लिएर के गर्नु रातो गुलाफ
सुनेर के गर्नु तिम्रा सपना
देखेर के गर्नु प्रेमको आशु
अनि लागेर के गर्नु
तिम्रो माया ?

हिँडेकी छु बाटो पनि छोडेर एक पटक

on Saturday, July 27, 2013

हिँडेकी छु बाटो पनि छोडेर एक पटक
आफन्तको विश्वासलाई तोडेर एक पटक

आफ्नो बाटो आफैलाई थाहा छ तर
लहै लहैमा पाईला मोडेर एक पटक