आँखाको मोती
सोच्थें मोति हौ तिमी
र राखेकी थिएँ तिमीलाई मेरो आँखामा
जसको तार जोडिएको थियो मेरो हृदयसँग
जब तिमीले हान्यौ जोडले मेरो हृदयमा
थर्थरायो मेरो हृदय
सायद मुर्छा परें म
जब उठेर हेरें मुर्छाबाट
मैले थाहा नै पाउन सकिन
कहिले झर्यो मेरो आँखाको मोति
पल्टाई हेरें सिरानीमा
त्यहाँ पानी थियो मेरो मोतीको साटो
तिम्राे प्रेम
जब तिमीले मुलबाटो छेक्यौ
कोठामा धुनेर ढोका लगायौ,
ढोका खोल्न नसकेपछि झ्यालबाट निस्केर हिडें
माफ गर म तिम्रो प्रेममा बाँच्न सकिन
यातना शिबिर
असाध्यै पिरमा थिएँ म
कसैले उद्धार गर्न नसक्ने भिरमा थिएँ म
भन्छौ चुपचाप चुपचाप बस्छु अचेल
तिमीलाई थाहा छैन
कस्तो यातना शिबिरमा थिएँ म
0 comments:
Post a Comment