दुई महिना जति भयो
होला नेपालको पश्चिम पहाडमा एकै हप्तामा दुई छुट्टा छुट्टै विधालयका चार चार जना
बहिनिहरुले निमाविको परिक्षामा फेल भएको कारण सामुहिक रुपमा आत्मा हत्या गरेको |
हरेक वर्ष एसएलसीको रिजल्टपछि केहि समाचार आउँछन् 'एसएलसी परिक्षामा फेल भएका कारण
छात्राले आत्मा हत्या गरिन' भन्ने खालका | मेरो कामना छ यो वर्ष त्यस्तो कुनै घटना
न होस् |
मैले १६ वर्षको
उमेरमा ५८ सालमा एसएलसी परिक्षा दिँदा मेरो दुनिया सानो थियो | मेरो दुनिया(गाउँ,
आफन्त, बिधालय)मा छोरीले एसएलसी पास गर्नु भनेको अपवादको कुरा थियो | मैले पढेको
बिधालय, मेरा परिवार-आफन्त, गाउँले कसैले पनि हामीले एसएलसी पास गर्न हामीले पढेका
हौँ भन्ने महशुस गरका थिएनन् | गराउन खोजेका थिए होलान, कम्तिमा मैले महशुस गरेकी
थिईन |
हाम्रो एसएलसी
परिक्षाको समयमा ६ दिन लामो माओवादीको नेपाल बन्द थियो | माओवादीको बन्दको कारण त
एक निहु मात्रै थियो, खासमा मैले एसएलसीमा पास हुने गरि पढेकै थिइन् | परिक्षा दिन
१५ दिन बजारमा बस्दा मलाई परिक्षाको पिर भन्दा, आफुँले फेरेको स्वतन्त्रताको
स्वादले उद्देलित बनाएको थियो | मैले मेरो क्षमताले भ्याए सम्म उत्तर लेखेर दिएँ |
तर पनि मलाई थाहा थियो, मैले पास गर्ने गरि उत्तर दिईएकि थिईन | त्यो वर्ष
एसएलसीको रिजल्ट राती आएको थियो जस्तो लाग्छ | जेठको अन्तिम हप्तामा रिजल्ट आएको
भोलि पल्टको बिहान हामी चैते धान काट्दै थियौं |
बिहान भरि धन काटेर
घर आए पछि अघिल्लो दिन एसएलसीको रिजल्ट भएको कुरा हुनथाल्यो | खान खाए पछि म थाकेर
लोद थिएँ, पिढिको बेन्चिमै निदाएछु | मेरा साथीहरु 'सहरबाट कसैले रिजल्ट भएको
पत्रिका ल्याएको छ स्याउलीबजार जाम' भन्न आए | मलाई थाहा थियो, म पास हुन्न भन्ने
| त्यहि पनि साथीहरुसँग गएँ | सबैले हेरेको देखे पछि हेर्न मन लाग्यो, मैले थर्ड
डिभिजनमा हेरें | अरु डिभिजनमा पास हुन्छु भन्ने पनि थिएन | त्यहाँ पनि मेरो नम्बर
थिएन |
मेरो मात्रै होइन
स्याउली बजारको उक्त पत्रिका पढ्ने कोहि पनि पास भएका थिएनौं | बजार बाट फर्कंदा हामी
हास्दै फर्किरहेका थियौं | कुनै मान्छेहरु भन्दै थिए, 'कस्ता सरम नभएकाहरु फेल
भएको कुरा पनि हास्दै भन्छन' | कोहि भन्दै थिएँ, 'यो त राम्रो पढ्थी तो कसरी फेल
भई ? यो एसएलसी पास हुन पनि भाग्यमा लेखेर ल्याउन पर्नीरच' | हुन् पनि
सरहरू-दाईहरु भन्नु हुन्थ्यो, 'एसएलसीमा चान्स, आईएमा लेक्चर, बिएमा डान्स' | बिए
पछि के हुन्छ भन्ने कुरा स्कुलमा-दईहरुका गफमा हुँदैनथे | उनीहरुको गफमै नभए पछि
हाम्रो कान सम्म पुग्ने कुरा पनि भएन |
घरमा पुगे पछि पास
भएको भए पो सुनाउने जरुरि हुन्थ्यो, फेल भएको कुरा बा-आमाले आफैं बुझ्नु भो होला |
राती खाना खाने बेलामा आमा रुनु भयो | अघिल्ला दुई वर्ष सानोदाई फेल भए पछि यो
वर्ष परिक्षा नै दिएका थिएनन | आमाले रुँदै भन्नु भयो, 'अबको जमानामा पनि एसएलसी
फेल भएर के अर्नी हो ? भविष्य सोचेका छौं तिमीहरुले ?' आमाको कुरा सुनेर मलाई
अचम्म लाग्यो | सोचें आमालाई यत्रो पिर रहेछ हाम्रो भविष्यको | मलाई त लाग्थ्यो
मेरी आमा मेरो बिहे बाहेक केहि पनि सोच्दिनन होला | मैले सोधें, 'म पास भएर के गर्छु र ?' मेरो
प्रश्नमा बाले भन्नु भयो, 'यो ढोका हो नि दुनिया देख्नी, पास भए छाती फुलाउँदै
हिड्ने, नभए पछि खुम्चाउँदै हिड्ने जिन्दकी भरि |' मैले फेरी सोधे, ' मैले
कम्पार्टमा पास गरे फुल्छ तपाइको छाती ?' बाले भन्नु भो, ' तैले त्यत्ति गरिस भने
मेरो नाक घिरौला जत्रो हुने थियो |'
त्यो राती मैले बा
आमालाई भने, 'मलाई पढ्नै न आउने भएर फेल भएकी होइन, पास भए पछि पनि जाने ठाउँ कहिँ
छैन भनेर मेहनत नगरेकी हो | मलाइ सबै बिषय लाग्ने पनि होइन अंग्रेजी र गणित लाग्ने
त होला | अर्को पल्ट कम्पार्ड(पुरक परिक्षा)मा पास हुने गरि पढ्छु नि त |' मेरो
कुरामा बा आमाले कुनै प्रतिक्रिया जनाउनु भएन | भोलि पल्ट ठूलो हिम्मत जुटाएर गणित
पढाउने हरिसरलाई केहि साथी मिलेर पढ्न आउँछौं भन्न गयौं | जुन सरसंग म दूई वर्षमा
पहिलो पटक बोलेकी थिएन | हरिसरले भोलि पल्टबाट औ भन्नु भयो अनि हामी पढ्न थाल्यौं
|
असरको महिनामा पढ्न
जान त्यति सहज थिएन | दिनभरी धन रोप्ने र काट्ने मेलो हुने हुँदा रात पर्ने
बित्तिकै निद्रा लाग्थ्यो | त्यो बेला सम्ममा हाम्रो गाउँमा बिजुली थीएन | मौरी
कराए झैं लामखुट्टे लाग्थे | बा भन्नु हुन्थ्यो, 'टुकी झुल बाहिर राखेर पढ |' झुल
बाहिर टेबलमा बालेको टुकीको उज्यालो झुल भित्र राम्ररी पुग्दैनथ्यो | म झुल भित्रै
टुकी बालेर पढ्थें बाले देख्नु भए भन्नु हुन्थ्यो, 'फेरी घरमा धुनी लगाउछेस के रे
तैले |' न्वारानको दिनमा पण्डितले आगो भन्दा टाढा राख्नु भनेको र जन्मेको २२ दिनको
बेलुका घरमा आगो लागेर श्री-सम्पति सक्किएको हुनाले बा म १६ वर्षकी हुँदा पनि
बत्तीको नजिक देखे डराउनु हुन्थ्यो सायद | कैयौं पल्ट म झुल भित्र टुकी बालेर
निदाएँ | त्यहि पनि पढ्ने कोसिश गरेर पास गरें |
काठमाडौंमा एक्लै
बसेर पढ्न थाले पछि लाग्यो, 'एसएलसी पास गर्नु भनेको कुनै जीवन भरि छाती फुलाउदै
हिड्ने ढोका होइन रहेछ | एसएलसी पछि पढाईकै कैयौं ढोका हुँदा रहेछन जसलाई फेरी
त्यतिकै मेहनतले मात्र पार गर्न सकिने रहेछ | पढाई बाहिरका कैयौं यस्ता ढोका
हुन्छन्, जसलाई पार गर्ने नसकेर जीवनभर छटपटाएर हिड्छ मान्छे |' प्रेम, परिवार,
जागिर, स्वाथ्य जस्ता परिक्षा पार गर्ने नसकेर रुँदै हिन्छन मान्छे | काठमाडौं
आएको १३ वर्ष पुग्नै लाग्दा सोच्छु, काठमाडौंमा यस्ता कैयौं परिक्षा दिईयो, जसका
अगाडी एसएलसीको परिक्षा फिकाफिका लाग्छ |
कुनै अन्तर्वार्ता
पढ्यो सुन्यो भने सुरुमै लेखिएको भनिएको हुन्छ, 'उहाँ त बिधार्थी जीवनमा सधैं
पहिलो हुनुहुन्थ्यो |' आज पनि बढी बिधालयमा सधै फस्ट हुने भनिएका मानिसका
अन्तर्वार्ताहरु छापिन्छन, प्रसारण हुन्छन | मिडिया र समाज मिलेर फस्ट हुने मात्र
राम्रो हुन्छन भन्ने एक प्रकारको धारणा बिकास भएको छ | मलाई लाग्छ, ज्ञान हुनु र
ज्ञानी हुनुमा आकाश पातालको फरक छ |
कान्तिपुर पत्रिकाको
सनिबार आउने कोसेलीमा लामो समय पुस्तक बार्ता भन्ने एक कोलम थियो | त्यहाँ नेपालका
पढेलेखेका भनिने सबैको अन्तर्वार्ता छापिएको हुनुपर्छ | त्यसमा एक प्रश्न थियो
'किताब नभए संसार कस्तो हुन्थ्यो होला ?' केहि अपवाद बाहेक धेरैको उत्तर हुन्थ्यो,
'संसारै अन्दकार हुन्थ्यो, गाह्रो हुन्थ्यो' भन्ने खालका | हाम्रो समाजको बैचारिक
धरातल कस्तो छ भन्ने नमुना लाग्छ मलाइ यो प्रश्न |
एसएलसीको रिजल्टले
धेरै कुरा निर्धारण गर्छ, जस्तो कि तपाईं के बान्ने ? कुन पेशा अपनाउने ? भन्ने
कुरा यो रिजल्टले निर्धारण गर्छ | तर, तपाईं कस्तो बन्ने ? कति कमाउने(कमाउने
कुराले अहिलेको जमानामा धेरै महत्व राख्छ), कस्तो बाटोबाट कमाउने ? भन्ने कुराको
निर्धारण यो रिजल्टले निर्धारण गर्दैन | त्यसैले यो परिक्षाको ढोका एकदमै ठूलो हो
र यो खुलेन भने जिन्दगी बर्वाद हुन्छ भन्ने कुरा बेकार हो |
(२०७२ सालको एस एलसी परिक्षाको रिजल्ट पछि लेखिएको )
0 comments:
Post a Comment