झोला बोकेर हिड्यौ
फर्क कसरी भन्नु
जाउँ तिमीले रोजेको बाटो
बतासले हल्लाउने छ,
टाउकाको कपाल
कुर्ताको सल
र मन भित्रको मुटु एकै पटक
अनेक कसम खाएकाहरु,
थकाई मार्नेछन् तल कतै विसौनामा
मानव बस्ती विहिन जंगलमा,
एकोहोरो चल्ने छ आँधी
उदास हुनेछ आकाश
आकाश जस्तै उदास नहुनु तिमी
जाउ तिमीले रोजेको बाटो ।
फर्केर नहेर्नु पछि
तिम्रा प्रमिको आखामा छ,
विछोडको आँशु
घट्दै जानेछ शरिरको माशु
टुट्दै जानेछन् देखेका सपना
तर, नटुट्नु तिमी
बगरमा उप्कनेछन् बुढी औलाका नङ्
वेदका काँडाले छेक्नेछन् बाटो
त्यहिबेला आउनेछन्
स्वर्गका दुतहरु
पटक पटक मायाले भन्नेछन्,
भ्रम हो तिम्रो सपना
तिमी फुल हौ
जो सुवाउँछ सुन्दर पुरुषको छातीमा
मसँग झै नपग्लनु तिमी
पगाल्नैका लागि पगाल्छन् अरुले
जाउ तिमीले रोजेको बाटो ।
दुब्लाउन देउ शरिर
मुर्छाउन देउ आखा
लाग्न देउ ठेस
बिझ्न देउ काँडा
र बग्न देउ रगत
दुब्लाएको शरिर मोटाउँछ फेरि
लागेको चोट मेटिन्छ फेरि
मिठा सपना देखिन्छ फेरि
फर्केर नहेर अब
झोला बोकेर हिड्यौ
जाउ तिमीले रोजेको बाटो । ।
1 comments:
अत्यन्तै मिठो
Post a Comment